नेपाल प्रज्ञा-प्रतिष्ठानले आगामी असार ९ गते राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ।
प्रतिष्ठानले सूचना जारी गर्दै महोत्सवमा सहभागिताको लागि कविहरूसँग कविता माग गरेको छ।
महोत्सवमा सहभागी हुनेले आगामी जेठ २० गतेसम्म कविता पठाइसक्नु पर्ने प्रतिष्ठानले जनाएको छ।
‘कविता महोत्सव समावेशी सहभागितामूलक र बहुभाषी गरिने हुनाले कविता नेपालका सबै भाषा मातृभाषामा लेखेर सहभागिता जनाउन सकिने छ,’ सूचनामा भनिएको छ, ‘माभृभाषामा पठाइएका कविता अनिवार्य रुपमा अनुवादसहित पठाउनु पर्नेछ। प्राप्त कविताहरूमध्येबाट उत्कृष्ठ १० कवितालाई ५० हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिने छ।’
हेर्नुहोस् सूचना

51
Shares

प्रतिक्रिया