कला


रेखा थापाको लगानीमा ‘काउकुती’ बन्ने, ‘कमेडी दरबार’ की श्रद्धाले गर्दैछिन् निर्देशन

रेखा थापाको लगानीमा ‘काउकुती’ बन्ने, ‘कमेडी दरबार’ की श्रद्धाले गर्दैछिन् निर्देशन

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १३:२७, काठमाडौँ

अभिनेत्री रेखा थापाले नयाँ फिल्म ‘काउकुती’  निर्माण गर्ने भएकी छिन्। गत सोमबार साँझ भारतको उत्तराखण्डस्थित कैंची धाम (हिन्दू सन्त नीम करोली बाबाका कारण परिचित मन्दिर)मा विशेष पूजा गरेसँगै मंगलबार औपचारिक घोषणा गरिएको हो।

रेखाको यो फिल्म आफ्नो ब्यानरको ८ औं फिल्म हुनेछ। 

यस फिल्मलाई श्रद्धा प्रसाईंले निर्देशन गर्दैछिन्। श्रद्धा पछिल्लो समयको चर्चित कमेडी शो 'कमेडी दरबार'की निर्देशक हुन्। साथै श्रद्धाले पछिल्लो समय 'ककाकिकी' फिल्म समेत निर्देशन गरिसकेकी छिन्, त्यो फिल्म रिलिज हुन बाँकी छ।
 
यस फिल्ममा रेखाको मुख्य अभिनय रहनेछ भने मुख्य अभिनेतामा नवअभिनेतालाई भित्राउने तयारी गरिएको छ। फिल्ममा विक्की अग्रवाल र विनेश राईको कथा छ भने पटकथा विनेश स्वयंले तयार पारेका छन्।

फिल्ममा नवराज श्रेष्ठ र बलराम शाही ठकुरीको लगानी रहनेछ। बलराम रेखाका श्रीमान् समेत हुन् ।

आगामी असोजमा छायांकनको तयारी गरिएको यस फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहनेछ। फिल्मको एउटा गीत चर्चित र्‍यापर लिल झोला (आकाश क्षेत्री)ले गाउने जनाइएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad