एलिना चौहानको स्वरमा ‘मेरो बैंशैले’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा बादल थापाको शब्द, संगीत र एरेन्ज रहेको छ।
आइटम शैलीको गीतको भिडिओमा मोडल सब्रिना ढकाल फिचर्ड छिन्। यसै गीतमार्फत सब्रिनाले पहिलोपटक नेपाली गीत/संगीतको म्युजिक भिडिओ खेलेकी हुन्।
अस्ट्रियामा जन्मिएकी सब्रिनाले नेपालसँग बिहे गरेकी हुन्। उनले यसअघि बलिउडमा समेत केही काम गरिसकेकी छन्। उनले ‘मेरा नाम’ लगायतका हिन्दी म्युजिक भिडिओ खेलिसकेकी छिन्।
भिडिओमा सब्रिनाका साथमा ओमप्रकाश ढकाल र रवि गिरी लगायतको अभिनय रहेको छ। यस गीतको मिक्सिङ र मास्टरिङ रवि सुनारले गरेका हुन्।
‘मेरो बैंशैले’ गीतको भिडिओ ‘ब्लोसम वीरेन्द्र ढकाल’ युट्युब च्यानलमा हेर्न सकिन्छ। जेरी भण्डारीको कथा, कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडिओमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ।
मोडल सब्रिनाले अब हरेक वर्ष दुईदेखि तीनवटा म्युजिक भिडिओमा काम गर्ने योजना रहेको सुनाइन्।
Shares

प्रतिक्रिया