कला


यशको फिल्म ‘टक्सिक’को प्रदर्शन मिति फेरि रद्द

यशको फिल्म ‘टक्सिक’को प्रदर्शन मिति फेरि रद्द

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १३:४८, काठमाडौँ

भारतीय अभिनेता यश अभिनीत फिल्म ‘टक्सिक’को प्रदर्शन मिति फेरि स्थगन गरिएको छ। निर्माताटिमले विज्ञप्ति जारी गरी जुन ४ मा फिल्म रिलिज नहुने जानकारी दिएको हो। 
 
फिल्मको रिलिज मिति स्थगन गरिएको यो पहिलोपटक होइन।

सुरुमा यो फिल्म मार्च १९ मा प्रदर्शन गर्ने भनिएको थियो। तर ‘धुरन्धर २’ को प्रतिस्पर्धाका कारण प्रदर्शन मति जुन ४ लाई सारियो।

फिल्म निर्माताले मध्यपूर्वमा जारी तनावका कारण प्रदर्शन मिति रद्द गरिएको उल्लेख गरेका छन्। नयाँ मिति चाँडै तोकिने पनि विज्ञप्तिमा उल्लेख छ। 

टिजर सार्वजनिक भएदेखि नै यो फिल्म विवादमा छ। 

फिल्मको टिजरमा समावेश दृश्य अश्लील, आपत्तिजनक र नैतिक मूल्यविरुद्धमा रहेको आरोप लगाउँदै आम आदमी पार्टी (आप) को महिला संगठन र अन्य सामाजिक अभियन्ताले कर्नाटक राज्य महिला आयोगमा उजुरी गरेका थिए। 

गीतु मोहनदासको निर्देशनमा निर्मित फिल्म यश र गीतुको लेखनमा बनेको हो।

फिल्ममा यशसहित कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, तारा सुतारिया र रुक्मिणी वसन्तलगायतको अभिनय छ। 

यश ‘केजीएफ २’ पछि यस फिल्ममार्फत फर्किन लागेका हुन्। 

ग्याङस्टर-एक्सन थ्रीलर यो फिल्म सन् १९४० देखि १९७० सम्मको दशकको समय रेखामा गोवामा सेट गरिएको छ।

यसको कथा गोवाको जीवन्त सांस्कृतिक अनुहार पछाडि लुकेको शक्तिशाली लागुऔषध कार्टेलको वरिपरि घुम्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad