इरानले अमेरिकाविरुद्ध संयुक्त राष्ट्र संघमा उजुरी दिएको छ।
तेहरान टाइम्सका अनुसार इरानले पत्रमा अमेरिकाले आफ्ना जहाजहरू कब्जा गरेर ‘समुद्री डकैती’ गरेको आरोप लगाएको छ।
संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत अमिर सईद इरावनीले अमेरिकाले ‘मजेस्टिक’ र ‘टिफनी’ नामका जहाज कब्जा गरेको र लगभग ३८ लाख ब्यारेल इरानी तेल जफत गरेको बताएका छन्।
उनका अनुसार यो कार्य गैरकानुनी छ र अन्तर्राष्ट्रिय व्यापारमा हस्तक्षेप हो।
इरानले आरोप लगाएको छ, ‘अमेरिकाको यो कार्यले संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र समुद्री कानूनको उल्लंघन गरेको छ।’
इरावनीले यस्ता कार्य रोकिएन भने यसले विश्वभर नै कानुनी व्यवस्था कमजोर पार्दै खतरनाक नजिर बस्ने दाबी गरेका छन्।
इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी) लाई अमेरिकाको यो कार्यको निन्दा गर्न र यस विषयमा कारबाही गर्न माग गरेको छ।
Shares

प्रतिक्रिया