फिल्म ‘जूबा’को छायांकन सुरु भएको छ। शुभमुहूर्तसँगै फिल्मको सर्लाहीबाट छायांकन सुरु भएको हो।
सर्लाही र काठमाडौँसँगै यो फिल्म भारतको राजस्थानमा पनि सुटिङ हुनेछ। अस्त्र फिल्मसको प्रस्तुति रहने फिल्मको छायांकन तालिका ७५ दिनको छ। यस फिल्ममा अभिनेता सौगात मल्ल मुख्य भूमिकामा छन्।
प्रकाश कर्णको लेखन तथा निर्देशन रहने फिल्मको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन्। क्रिएटिभ प्रोड्युसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै छन्।
फिल्मको मुख्य अभिनेत्रीको रुपमा सोफी धरेलले डेब्यु गर्ने भएकी छन्। सौगात र सोफीसँगै सुधन पोखरेल पनि मुख्य भूमिकामा देखिँदै छन्।
फिल्मको कथा, अन्य कलाकार तथा अन्य पक्षबारे भने निर्माण टिमले केही पनि खुलाएको छैन।
42
Shares

प्रतिक्रिया