कला


मोहनलाल अभिनीत ‘दृश्यम-३’ को टिजर सार्वजनिक, कहिले हुँदै छ रिलिज?

मोहनलाल अभिनीत ‘दृश्यम-३’ को टिजर सार्वजनिक, कहिले हुँदै छ रिलिज?

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १७:१५, काठमाडौँ

मोहनलाल अभिनीत बहुप्रतीक्षित भारतीय फिल्म ‘दृश्यम-३’ को टिजर सार्वजनिक भएको छ। टिजरले अघिल्ला भागका महत्त्वपूर्ण दृश्य समेट्दै तेस्रो भागको कथालाई अघि बढाएको छ।

त्यसपछि भने मुख्य पात्र जर्जकुट्टीको मनोवैज्ञानिक अवस्थालाई केन्द्रमा राखिएको छ। परिवारलाई जोगाउने आफ्नो अडान दोहोर्‍याउँदै उनी आफूलाई कसैले नियालिरहेको महसूस गरेको बताउँछन्।

टिजरले जर्जकुट्टीको जीवनमा फेरि एकपटक डर, रहस्य र नयाँ मोड देखाउँदै दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। यो फिल्म आउँदो २१ मेमा विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा छ।

जीतु जोसेफद्वारा निर्देशित यस फिल्ममा मोहनलालले आफ्नो चर्चित पात्र ‘जर्जकुट्टी’ को भूमिकामा छन्।

सन् २०१३ मा रिलिज भएको ‘दृश्यम’ मलयालम फिल्मको लागि कोसेढुंगा साबित भयो। यसको दोस्रो भाग सन् २०२१ मा रिलिज भएको थियो। जुन पनि निकै हिट भयो।

यस फिल्मलाई हिन्दीमा पनि रिमेक गरिएको छ, जसमा अजय देवगन मुख्य भूमिकामा देखिँदै आएका छन्। जसले पनि दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad