कला


‘रोल नं १’ को टिजरमा शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असरको कथा

‘रोल नं १’ को टिजरमा शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने असरको कथा

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १७:४७, काठमाडौँ

विनोद पौडेलको निर्माण रहेको फिल्म ‘रोल नं १’ को टिजर सार्वजनिक भएको छ। टिजरमा आम मान्छेको सपनाको कथा प्रस्तुत गरिएको छ।

आफ्नो सपना त्यागेर छोराको खुशीका लागि बाबुले देख्ने सपना र सपना पूरा नहुँदाको निराशा टिजरमा प्रस्तुत गरिएको छ। पढ्नका लागि छात्रवृत्तिकै भर पर्नुपर्ने बाध्यता र त्यो छिनिँदाको दुःखलाई ट्रेलरले मार्मिक ढंगले समेटेको छ।

छात्रवृत्ति पाउन कक्षामा प्रथम हुनैपर्ने सरकारी नियमले कसरी आम गरिब समुदाय पढाइबाट बञ्चित भइरहेको छ भन्ने टिजरले देखाउने प्रयास गरेको छ। समाजमा इज्जतका लागि पनि पढाइमा अब्बल हुनैपर्ने बाध्यतालाई टिजरमा देख्न सकिन्छ। 

आफ्नो इच्छा, आकांक्षा र भरोसा कसरी छोरामा परिवारले बोकाउँछ? तर, छोराले जतिसुकै प्रयास गरे पनि पढ्न नसक्दा उसको बालमनोविज्ञानमा कस्तो असर गर्छ? यहि वास्तविकतालाई टिजरले देखाउन खोजेको छ। 

‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता पौडेलको सिनेमा ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ। अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा फिल्ममा समेटिएको छ।

जोन योञ्जनको निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। फिल्मको बाल-कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्। यो फिल्म जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शन हुँदै छ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। फिल्मको कथा महेश दवाडीले लेखेका हुन्।

हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad