फिल्म ‘एक मुठ्ठी बादल’ को केही समय अगाडी सार्वजनिक गीत ‘रेल घुम्यो घुम्तीमा’को लिरिकल र्याप भर्सन सार्वजनिक भएको छ। यस लोकलय गीतलाई दर्शकले रुचाएकाले लिरिकल र्याप भर्सनलाई पनि मन पराउने विश्वास निर्माण टिमको छ
हर्क साउदको शब्द रहेको गीतमा सुमित पाठकको संगीत रहेको छ। गीतमा मीना पोखरेल, इन्द्रकला राई र स्यामी डी रियल जीको स्वर रहेको छ।
सहारा शर्माको लेखन तथा निर्देशन रहेको यो फिल्म जेठ १ गतेबाट रिलिज हुँदैछ। यस फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी लगायतका अभिनय रहेको छ।
सिनेमालाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्। निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्।
सिनेमाका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको सिनेमालाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । सिनेमालाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।
Shares

प्रतिक्रिया