रणवीर सिंहको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘धुरन्धर-२’ ले बक्सअफिसमा ऐतिहासिक सफलता हात पारेको छ। ‘बाहुबली २’ को रेकर्ड तोड्दै यो फिल्म सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म बनेको हो।
रणवीर सिंह अभिनीत यो फिल्मले रिलिजपछि लगातार उत्कृष्ट व्यापार गर्दै विश्वव्यापी रूपमा ठूलो कमाइ गर्न सफल भएको हो। बक्सअफिस रिपोर्टअनुसार ‘धुरन्धर-२’ ले विश्वभर १७८८.३२ करोड भारू कमाएको छ।
‘धुरन्धर-२’ ले विश्वव्यापी रूपमा १७८८.०६ करोड भारू कमाएको थियो। विश्वव्यापी रुपमा सर्वाधिक कमाउने भारतीय फिल्मको सूचीमा भने ‘दंगल’ हो। यसको कूल व्यापार २०७० करोड भारू छ।
रिलिजको ४५ औं दिनमा यस फिल्मले भारतमा २.७७ करोड भारू कमाएको छ। फिल्मको भारतमा कुल कलेक्सन १,३६२.५७ करोड भारू पुगेको छ।
आदित्य धर निर्देशीत ‘धुरन्धर: रिभेन्ज’ बलिउडकै सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल हो। यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। साथै रणवीरहित सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया