कला


कस्तो छ ‘राम नाम सत्य’, ‘पहाड’ र ‘परालको आगो’ को व्यापार?

कस्तो छ ‘राम नाम सत्य’, ‘पहाड’  र ‘परालको आगो’ को व्यापार?

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १३:५३, काठमाडौँ

चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्मको व्यापारको विवरण सार्वजनिक गरेको छ। शनिबारसम्मको सार्वजनिक विवरणअनुसार ‘परालको आगो’ र ‘राम नाम सत्य’ को व्यापार सुखद देखिएको छ। 

वैशाख ११ गतेमा रिलिज भएको लक्ष्मण सुनार निर्देशित फिल्मले देशब्यापी तीन करोड १२ लाख १७ हजार ९२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। पछिल्लो शनिबार अर्थात १९ गतेसम्म यस फिल्मलाई एक लाख १० हजार ४४२ दर्शकले हेरेका छन्।

सुशील पोखरेल निर्माता रहेको फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी लगायतको अभिनय रहेको छ। 

त्यसैगरि, विराज भट्टको मुख्य भूमिका रहेको फिल्म ‘राम नाम सत्य’ ले तीन करोड ३९ लाख ७३ हजार ४६६ रुपैयाँ ग्रस कमाएको छ। चैत ३० गतेबाट प्रदर्शनरत यस फिल्मलाई एक लाख २० हजार ९२६ दर्शकले हेरेका छन्।

एक्सन जनरामा बनेको ‘राम नाम सत्य’ माइकल चन्द्रको लेखन र निर्देशनमा बनेको छ। फिल्ममा विराजसहित सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्कीलगायतका कलाकारको अभिनय छ।

त्यसैगरि, तुलसी घिमिरे निर्देशीत फिल्म ‘पहाड’ भने बक्सअफिसमा कमजोर देखिएको छ। वैशाख १ गतेबाट रिलिज यस फिल्मले जम्मा ६३ लाख ९३ हजार १५२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। सोही अवधिसम्म यो फिल्मलाई २० हजार २६५ जनाले हेरेका छन् ।

घिमिरे नौ वर्षपछि ‘पहाड’ मार्फत निर्देशनमा फर्किएका छन्। यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ।

फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको छ। निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad