कला


‘लालीबजार’को मुद्दामा कागजात झिकाउन आदेश

‘लालीबजार’को मुद्दामा कागजात झिकाउन आदेश

नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १५:३७, काठमाडौँ

फिल्म ‘लालीबजार’को मुद्दामा उच्च अदालत पाटनले केन्द्रीय चलचित्र जाँच (सेन्सर) सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ।

प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश दिएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए। 

‘भोलिको लागि पेसी तोकिएको छ। अहिलेलाई सेन्सर बोर्डबाट सक्कल फाइल झिकाउने भएको छ। २२ गतेसम्म प्रदर्शन रोक्नु भनेर यसअघि दिएको अन्तरिम आदेशलाई बुधबारसम्म निरन्तरता दिइएको छ। यसबारे बुधबार छलफल हुन्छ,’उनले भने। 

न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ भएको थियो।

१८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको निर्देशक यम थापाको उक्त फिल्म अदालतको आदेशपछि रोकिएको थियो।

भोलि बुधबार हुने सुनुवाइमा पेस गरिने सेन्सर कपीका आधारमा फिल्मको प्रदर्शनबारे निर्णय हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad