युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको राष्ट्रिय खेलकुद परिषद्का १९ सार्वजनिक पदाधिकारी स्वतः पदमुक्त भएका छन्।
मन्त्रालयले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेशअनुसार उनीहरु पदमुक्त भएको जानकारी दिएको हो।
यसरी पदमुक्त हुनेमा राखेपका उपाध्यक्ष ध्रुव आचार्यसहित सदस्यहरु नन्दा बस्याल, जगतसिंह धामी, सुवर्ण श्रेष्ठ, शान्ति कुमारी चौधरी, आनन्द कुमार झा, हिमाल कुमार श्रेष्ठ, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, अञ्जना श्रेष्ठ, डा. मधुसुधन सुवेदी, रामचन्द्र श्रेष्ठ, रञ्जना प्रधान, विदुर ढुंगाना, प्रयास कार्की, कुमार लामा घिसिङ, रोजेश खड्का, सन्तकुमार मेहता र जगत बहादुर टमाटा छन्।
उनीहरु यही वैशाख १९ देखि पदमुक्त भएको मन्त्रालयकी सहसचिव एवं प्रवक्ता मनिता श्रेष्ठले जानकारी दिइन्। यसअघि उनीहरु मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्बाट नियुक्त भएका थिए। अहिले सरकारले अध्यादेशबाट नयाँ व्यवस्था गरी उनीहरुलाई हटाएको हो।

Shares

प्रतिक्रिया