कला


विराज भट्टको फिल्म ‘१२ गाउँ २’ को सुटिङ सुरु

विराज भट्टको फिल्म ‘१२ गाउँ २’ को सुटिङ सुरु

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १३:८, काठमाडौँ

फिल्म ‘१२ गाउँ २’ को छायांकन सुरु गरिएको छ। विराज भट्टको निर्देशनमा बन्न लागेको फिल्मको च्यासलस्थित राजु पेन्टरको स्टुडिओमा शुभसाइत पूजा गर्दै सुटिङ सुरु गरिएको हो। गीत छायांकनबाट सुरु गरिएको हो।

फिल्मको छायांकन काठमाडौँ, सिन्धुपाल्चोक र चितवनलगायत विभिन्न स्थानमा हुने निर्माण टिमले जनाएको छ। फिल्ममा विराज भट्टसँगै समिर भट्ट, अनुप विक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुसी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायतको अभिनय रहनेछ।

महेश पौडेलको छायांकन रहेको फिल्मको कथा तथा पटकथा सन्तोष सरकारले तयार पारेका हुन्। एक्सन दृश्यका लागि इस्टनर सिल्वा र शंकर महर्जनले फाइट कोरियोग्राफी गर्नेछन्।

फिल्मको ब्याकग्राउन्ड म्युजिक कालाचरण र गीता गुरप्पाले तयार पार्नेछन् भने संगीतकारमा युग भुसाल, देवेन्द्र बराल र डीपी खनाल छन्। गीतमा सुगम पोखरेल, समीक्षा अधिकारी, प्रेरणा सिंह, किरण भुजेल र निशान भट्टराईको स्वर रहनेछ।

फिल्मको निर्माण व्यवस्थापन भोला सुवेदी (आरजे प्रणव) र रमेश खड्काले सम्हाल्नेछन् भने नृत्य निर्देशन सियोन श्रेष्ठले गर्नेछन्। यो फिल्म आगामी दसैँको फूलपातीमा रिलिज गर्ने मिति राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad