कला


‘लालीबजार’ वैशाख २५ गतेबाट रिलिज हुने

‘लालीबजार’ वैशाख २५ गतेबाट रिलिज हुने

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १८:३, काठमाडौँ

उच्च अदालत पाटनले अन्तरिम आदेश अस्वीकार गरेपछि फिल्म ‘लालीबजार’ को नयाँ प्रदर्शन मिति तोकिएको छ। स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको यो फिल्म अब वैशाख २५ गतेबाट रिलिज हुनेछ।

खड्का स्वयमले फिल्मको नयाँ प्रदर्शन मितिबारे फेसबुकमार्फत जानकारी दिएकी छिन्।

उनले खुसी व्यक्त गर्दै लेखेकी छिन्, ‘सम्मानित अदालतको आदेशपछि हाम्रो फिल्म ‘लालीबजार’ प्रदर्शन गर्ने बाटो खुलेको छ। छोरीका लागि आमाले गर्ने संघर्षको कथामा आधारित यस फिल्मलाई दर्शकमाझ ल्याउन हामी तयार छौँ। आगामी शुक्रबार अर्थात् वैशाख २५ गतेदेखि तपाईंले यो फिल्म आफ्नो नजिकको सिनेमा घरमा हेर्न सक्नुहुनेछ।’ 

यस फिल्मको उद्देश्य कुनै पनि समुदाय वा वर्गलाई ठेस पुर्‍याउनु नभएको बताउँदै ‍आमा र छोरीबीचको सुन्दर र भावनात्मक कथा प्रस्तुत गरेको उनको दाबी छ।  

बुधबार उच्च अदालत पाटनका न्यायाधिस खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले रोशनी नेपालीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। 

यसअघि वैशाख १५ गते भने प्रारम्भिक सुनुवाइ गर्दैं अल्पकालिन आदेश दिएर दुवैपक्षलाई छलफलमा बोलाएको थियो। जसअनुसार हिजो मंगलबार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश दिएको थियो।

सोही इजलासले आजका लागि पेशी तोकेपछि रिटको टुंगो लागेको हो। यसअघि यो फिल्म १८ वैशाखदेखि प्रदर्शनको तयारीमा रहेको थियो।

यम थापा निर्देशित फिल्म ‘लालीबजार’ वादी समुदायका महिलाले गर्ने संघर्षको कथावस्तुमा आधारित छ। फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा र प्रसंशा सुवेदीको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad