कला


तक्षशीलादेखि त्रिविसम्मको पुस्तकालय यात्राः ‘नेपालमा पुस्तकालय’

तक्षशीलादेखि त्रिविसम्मको पुस्तकालय यात्राः ‘नेपालमा पुस्तकालय’

‘नेपालमा पुस्तकालय’ लोकार्पण गर्दै लेखक र अरू महानुभाव


नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार २०:३९, काठमाडौँ

काठमाडौं– नेपालमा पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रका अभियन्ता भोलाकुमार श्रेष्ठको पुस्तक ‘नेपालमा पुस्तकालय’ लोकार्पण भएको छ। सिङ्गो जीवन पुस्तकालय सेवामा समर्पित गरेका श्रेष्ठले आफ्नो कृतिमा नेपालमा पुस्तकालयको इतिहासका फरक–फरक पक्षलाई सुक्ष्मसँग उजागर गरेका छन्।

आठ अध्यायमा विभाजित पुस्तकमा नेपालको विभिन्न शासनकालमा स्थापना गरिएका   पुस्तकालयका विवरण, व्यवस्थापन, नियम कानुनबारे समेत तथ्यगत विवरणहरु छन्।

पुस्तकले पूर्वीय सभ्यताका पुस्तकालयको इतिहासको जगमा रहेका तक्षशिला विश्वविद्यालय, नालन्दा विश्वविद्यालय, गुरुकुल जस्ता शैक्षिक संस्थासँग जोडिएका प्रसंगलाई तथ्यमा पेश गरेको छ। नेपालमा विभिन्न कालखण्डमा स्थापना भएका पुस्तकालय र तिनलाई सञ्चालन गर्ने विधि, व्यवस्थापनका पाटाहरु पनि पढ्न पाउनेछन्। 

इतिहास मात्र नभई वर्तमानका पुस्तकालयका फरक फरक विशेषता पनि पुस्तकमा छन्। 

नेपालमा त्रिचन्द्र पुस्तकालय सिरहा, धवल पुस्तकालय पाल्पा, श्रीराम पुस्तकालय तौलिहवा लगायत १० वटा सामुदायिक पुस्तकालयहरुका बारेमा पनि जानकारीमूलक विवरण उल्लेख छन्। अरु १४ वटा स्थानीय पुस्तकालयहरुको नाम र स्थापना कालको समेत उल्लेख गरिएका छन्। त्रिभुवन केन्द्रीय पुस्तकालयको इतिहास समेत पुस्तकमा छ। 

लेखक श्रेष्ठले पुस्तक अध्ययन र खोजकै क्रममा विभिन्न व्यक्तित्वहरुको सहायतामा पुस्तक तयार भएको बताए। नेपालमा पुस्तकालय व्यवस्थापनको पक्षमा लेखिएका पुस्तकहरु भेटिएपनि ऐतिहासिक पक्षमा लेखिएका पुस्तक थिएनन्। 

पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका प्रमुख सागरराज सुवेदीले नेपालका पुस्तकालयमा यस्ता किसिमका पुस्तकहरु धेरै नभएको सुनाउँदै यस्ता पुस्तक हामी सबैका लागि महत्वपूर्ण दस्तावेज रहेको बताए।

कथालयको भातृ कम्पनी वी रिडले पुस्तक प्रकाशन गरेको हो।

पठन सीप र पठन संस्कृतिको विकासका लागि सुरु गरिएको कथालयले डेढ दशकभन्दा लामो समयदेखि बालसाहित्यका पुस्तक प्रकाशन गर्दै आएको छ। वी रिडले बालसाहित्य बाहेक विविध विधाका पुस्तक प्रकाशन गर्छ। ‘नेपालमा पुस्तकालय’ वी रिडबाट प्रकाशित ५१ औं पुस्तक हो। 

कथालय र वी रिडले पुस्तक प्रकाशनका साथै देशभरीका सरकारी तथा गैरसरकारी विद्यालयहरुमा पुस्तकालय निर्माण, व्यवस्थापन, सञ्चालन प्रशिक्षण दिँदै आएको छ। पुस्तक प्रकाशन गर्न पाएकोमा खुशी व्यक्त गर्दै वी रिडकी कार्यकारी अधिकृत सुनिती अमात्यले भनिन्, “नेपालमा पुस्तकालय’ प्रत्येक विद्यालयको पुस्तकालयमा हुनुपर्ने पुस्तक हो।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad