कला


छायांकन नहुँदै अमेरिका र क्यानडामा ‘आ बाट आमा-२’ को प्रदर्शन अधिकार बिक्री

छायांकन नहुँदै अमेरिका र क्यानडामा ‘आ बाट आमा-२’ को प्रदर्शन अधिकार बिक्री

नेपालखबर
बैशाख २७, २०८३ आइतबार १२:४५, काठमाडौँ

पल शाहको मुख्य भूमिका रहने फिल्म ‘आ बाट आमा-२’को प्रदर्शन अधिकार अमेरिका र क्यानडामा बिक्री भएको छ। निर्माण टिमले फिल्मको घोषणा गरे लगत्तै दुवै देशमा प्रदर्शन अधिकार बिक्री भएको हो।

यस फिल्मलाई डोको फिल्म्सले खरिद गरेको हो। फिल्मको सुटिङ नहुँदै विदेशमा फिल्म वितरकले धमाधम फिल्मको वितरण अधिकार लिइरहेका छन्।

फिल्मको पहिलो भाग अर्थात ‘आ बाट आमा’ ले नेपालमा सर्वाधिक कमाई र चर्चा कमाएको थियो। सोही प्रभावका कारण अहिले विदेशमा रहेका वितरकले ‘आ बाट आमा-२’प्रदर्शन अधिकार खरिद गर्न थालेका हुन्। 

फिल्मका निर्देशक चन्द्र पन्तले अमेरिका र क्यानडाका लागि सोल्ट आउट भइसकेको बताए। उनका अनुसार दुई देशका लागि महँगो पैसामा बिक्री गरि सकिएको छ। 

‘अमेरिका र क्यानडाका लागि सोल्ट आउट भइसकेको छ। त्यहाँको वितरक टिम डोको फिल्मस्ले महँगो रकममा किनिसक्नुभएको छ। अन्य देशमा पनि कुराकानी चलिरहेको छ। जुन छिट्टै सार्वजनिक गछौँ,’ पन्तले भने। यसको रकम भने खुलाएकाे छैन।

उनले यो फिल्मको छायांकनको समय तालिका केहि दिनमा नै टुङ्गो लाग्ने बताए। अहिले फिल्मका लागि कलाकार तथा अन्य प्राविधिक पक्षको छनोट भइरहेको छ। फिल्मको कथा तथा पटकथा निर्देशन पन्तकै छ।

यस फिल्ममा अहिलेसम्म सबै कलाकार फाइनल भइसकेका छैनन्। यस फिल्ममा पल शाह, विपना थापा, आशा श्रेष्ठ, प्रदीप रावत, गजित विष्ट, नरेन खड्कालगायत छन्। अन्य कलाकार तथा फिल्मको अभिनेत्रीहरू भने छनोट हुन बाँकी नै छ।

फिल्मको प्रदर्शन मिति आगामी दशैँ अर्थात असोज ३० गतेलाई तोकिएको छ।आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको  प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad