कला


‘चिरञ्जीवी भव’को शुभमुहूर्त, हरिवंशले दिए पहिलो सट

‘चिरञ्जीवी भव’को शुभमुहूर्त, हरिवंशले दिए पहिलो सट

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १२:३, काठमाडौँ

फिल्म ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको छ। निर्माण टिमले आज ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरेको हो। 

शुभमुहूर्तमा चलचित्रको पहिलो सट कलाकार हरिवंश आचार्यले दिएका छन्। उनको पहिलो सटले सिनेमाको नाम कसरी राखिएको भन्ने प्रस्ट पार्छ ।

शुभमुहूर्तमा हरिवंशसँगै निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ र आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकार उपस्थित थिए।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बन्ने चलचित्र जेठ १५ बाट छायांकनमा जानेछ।

चलचित्रको सुटिङ सेड्युल ४५ दिनको रहेको छ। धनकुटा, सुनसरी र काठमाडौंका चलचित्रको छायांकन हुनेछ। फिल्मको प्रदर्शन मिति भने माघ १ गतेलाई तोकिएको छ। 

गत वर्षको ब्लकबस्टर मुभी ‘परान’का निर्देशक  दीपकप्रसाद आचार्य ‘काकु’ले ‘चिरञ्जीवी भव’ निर्देशन गर्दैछन्। ‘परान गत वर्षको सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने नेपाली फिल्म हो। 

यस फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन्। कुमारको कथामा दीपकले चलचित्र निर्माण गर्न लागेका हुन् ।

यो चलचित्रमा हरिवंश, आशीर्वाद र प्रशंसासहित प्रियंका कार्की, सुवर्ण थापा, कमलमणि नेपाल, सरोज अर्याल, हरिस निरौला (कक्रोज), सुमन कार्की, सुस्मिता कुँवरलगायतको अभिनय छ। 

कुमार कट्टेलले तयार पारेका कथा लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन्। सोसल ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भव’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाउने निर्माणपक्षले बताएको छ।

उमेशकुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा गजित विष्ट र शैलेश खत्री छन् 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad