अपराध


बैंकिङ कसुरमा गाउँपालिका अध्यक्ष पाँच दिनदेखि प्रहरी हिरासतमा

बैंकिङ कसुरमा गाउँपालिका अध्यक्ष पाँच दिनदेखि प्रहरी हिरासतमा

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १२:११, सुर्खेत

बैंकिङ कसुरसम्बन्धी मुद्दामा दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रीताकुमारी शाही पक्राउ परेकी छन्। 

पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष शाही आफै प्रहरी कार्यालयमा उपस्थिति भएको जिल्ला प्रहरी कार्यालय, दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले बताए। ‘केही समयअघि उहाँमाथि पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी गरिरहेको थियो’, रोकायाले भने, ‘उहाँ आफै वैशाख २४ गते बेलुका प्रहरी कार्यालयमा आफै उपस्थिति हुनुभएको हो।’

अध्यक्ष शाहीले एक जना स्थानीयलाई दिएको पाँच लाख रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उजुरी परेको थियो। उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। 

अहिले अध्यक्ष शाही प्रहरी हिरासतमै छिन्। वैशाख २५ मा अदालतबाट चार दिन म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रोयाकाले जानकारी दिए। 

शाही २०७९ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट भैरवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad