राजनीति


राष्ट्रियसभाको आजको बैठकमा दलका नेताले सम्बोधन गर्ने

राष्ट्रियसभाको आजको बैठकमा दलका नेताले सम्बोधन गर्ने

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १२:१५, काठमाडौँ

राष्ट्रिय सभाको आजको बैठकमा विभिन्न दल नेताहरुले सम्बोधन गर्ने भएका छन्।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा आज बिहान बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक यस्तो निर्णय गरेको हो। 

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा सम्पन्न बैठकले आजदेखि शुरु हुने सङ्‍घीय संसद राष्ट्रिय सभाको २१औँ अधिवेशनका सन्दर्भमा कार्यसूची तयार गरेको हो।

कार्यसूचीका बारेमा छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आज दिउँसो २ बजे बस्ने राष्ट्रिय सभा बैठकमा दलीय आधारमा दल नेताहरुले शुभकामना दिने, सरकारले ल्याएका अध्यादेशहरु पेश गर्ने लगायतका विषयमा टुङ्‍गो लगाएको अध्यक्षको सचिवालयले जनाएको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक लगायतको सहभागिता रहेको थियो।

आजै दिउँसो ४ बजे बस्ने सङ्‍घीय संसदको संयुक्त बैठकलाई सम्माननीय राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad