कला


सम्बन्धविच्छेदको हल्लाबीच अभिनेत्री मौनी रायले तोडिन् मौनता

सम्बन्धविच्छेदको हल्लाबीच अभिनेत्री मौनी रायले तोडिन् मौनता

नेपालखबर
बैशाख ३१, २०८३ बिहिबार १३:१९, काठमाडौँ

सुरज नाम्बियारसँग सम्बन्धविच्छेदको खबर बाहिरिएपछि अभिनेत्री मौनी रोयले आफ्नो मौनता तोडेकी छन्। मौनीले सामाजिक सञ्जालमार्फत आफ्नो गोपनीयताको सम्मान गर्न आग्रह सबैलाई गरेकी छन्।

उनी आफ्नो इन्स्टाग्राममा लेख्छिन्, ‘सबै मिडिया हाउसहरूलाई झुटा समाचार नफैलाउन विनम्र अनुरोध। कृपया हामीलाई ठाउँ र गोपनीयता दिनुहोस्।’

खासमा मौनी र सुरजले इन्स्टाग्राममा एकअर्कालाई अनफलो गरेको फ्यानहरूले थाहा पाएपछि सम्बन्धविच्छेदको हल्ला चलेको थियो। अनफलो गर्नु मात्र होइन, सुरजले आफ्नो प्रोफाइलबाट विवाहका धेरै तस्बिरहरू पनि डिलिट गरेका थिए। यद्यपि, मौनीको प्रोफाइलमा भने केही तस्बिरहरू अझै पनि  छन्।

मौनी र सुरजले २७ जनवरी २०२२ मा गोवामा विवाह गरेका थिए। विवाहमा मलयाली र बंगाली दुवै परम्पराहरू पालना गरिएको थियो। सुरज दुबईका व्यापारी हुन्। लामो समयको डेटिङ पछि यो जोडीले विवाह बन्धनमा बाँधिएका थिए।

मौनी रोय गतवर्ष फिल्म ‘भूतनी’ मा देखा परिन्। उनी चाँडै नै तमिल फिल्म ‘विश्वम्भरा’ मा केमियो भूमिकामा देखिनेछिन्। उनी ‘है जवानी तो इश्क होना है’ र ‘द वाइभ्स’ जस्ता फिल्महरूमा पनि देखिनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad