कला


‘मेरो प्रेम अधुरो’ बनाउँदै प्रवेश पौडेल, मुख्य भूमिकामा कबिर खड्का

‘मेरो प्रेम अधुरो’ बनाउँदै  प्रवेश पौडेल, मुख्य भूमिकामा कबिर खड्का

नेपालखबर
जेठ १, २०८३ शुक्रबार १३:२, काठमाडौँ

प्रवेश पौडेलको निर्देशनमा फिल्म ‘मेरो प्रेम अधुरो’ बन्ने भएको छ। यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ बनाएका पौडेलको यो तेस्रो निर्देशकीय फिल्म हो।

आगामी साउनमा फिल्मको नेपालबाट छायांकन सुरु गरिने भएको छ। नेपालपछि युरोप र अस्ट्रेलियामा समेत सिनेमाको छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ।

फिल्मको मुख्य भूमिकामा अभिनेता कबिर खड्का देखिनेछन्। उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको खोजी भइरहेको निर्देशक पौडेलले बताए। दुवै जना अभिनेत्री अडिसनबाट छान्ने तयारीमा निर्माण टिमको छ। 

सितारा फिल्मस् र कबिर खड्का फिल्मस्‌को ब्यानरमा निर्माण हुने फिल्मलाई सुरेन्द्र रावलले निर्माण गर्नेछन्। अभिनेता कबिर पनि यो सिनेमाका निर्माता हुन्। उनले एउटा सुन्दर लभस्टोरी सिनेमा दर्शकलाई पस्किने हेतुले सिनेमा निर्माणमा पाइला चालेको बताए। यो सिनेमाका सहनिर्माता करण खड्का हुन्।

फिल्मको शरद महतोको डीओपी, अर्जुन कटुवालको संगीत र क्रियटिभ निर्देशकमा बमबहादुर थापा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad