कला


‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म

‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म

नेपालखबर
जेठ १०, २०८३ आइतबार १३:२२, काठमाडौँ

‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा ‘ऊनको स्वीटर’ उत्कृष्ट फिल्म घोषित छ। शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रमबीच ‘ऊनको स्वीटर’ ले उत्कृष्ट फिल्मको अवार्ड जितेको हो।

त्यस्तै, ‘ऊनको स्वीटर’ बाट विपिन कार्कीले उत्कृष्ट अभिनेता बन्दा नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरे। यसैगरी, चलचित्र ‘जेरी अन टप’ बाट जसिता गुरुङले उत्कृष्ट अभिनेत्री अवार्ड उचालिन्।

अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको छ। कर्णाली एडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गर्दा उदीयमान चलचित्र निर्माता तथा वितरकको अवार्ड आशिष तामाङले जिते। र, उत्कृष्ट सर्ट फिल्मको अवार्ड मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ ले जितेको छ। यस्तै, कर्णाली भिजनरी अवार्डबाट ‘प्रेम गीत २’ का निर्माता तथा निर्देशक सन्तोष सेनलाई सम्पानित गरियो।

महोत्सव निर्देशक चक्र बहादुर चन्दले कर्णालीको लुकेको कला, संस्कृति र पर्यटकीय सम्भावनालाई नेपाली चलचित्रको माध्यमबाट विश्वसामु चिनाउनु नै यस महोत्सवको मुख्य उद्देश्य रहेको र कलाको सम्मान सँगसँगै चलचित्रलाई पर्यटन प्रवर्द्धनसँग जोड्न आयोजक प्रयासरत रहेको प्रष्ट पारे। यस वर्षको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गत वैशाख १२ गते सुर्खेतबाट शुभारम्भ भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad