कला


कान्समा पुरस्कृत फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई सरकारले सम्मान गर्ने

कान्समा पुरस्कृत फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई सरकारले सम्मान गर्ने

नेपालखबर
जेठ १०, २०८३ आइतबार १४:२०, काठमाडौँ

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा इतिहास रचेर स्वदेश फर्किन लागेको फिल्म ‘एलिफेन्ट्स इन द फग’को टिमलाई नेपाल सरकारले स्वागत तथा सम्मान गर्ने भएको छ।

प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले उक्त जानकारी दिएका हुन्। 

‘यो केवल एउटा अवार्ड जितेको क्षण होइन, नेपाली चलचित्र उद्योगको सम्मान, संघर्ष र सम्भावनाले विश्वबाट मान्यता पाएको क्षण हो, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाको गौरव बढाएर फर्किने यो टोलीलाई सूचना तथा सञ्चार मन्त्रालय र चलचित्र विकास बोर्डले सम्मान गर्नेछ’, आइतबार उनले फेसबुकमा लेखेका छन्।

स्वागतका लागि चलचित्र विकास बोर्ड तयारीमा जुटेको छ।

बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार फिल्म ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई फर्किंदै गर्दा सोमबार बिहान त्रिभुवन विमानस्थलमा स्वागत र एक साताभित्र कार्यक्रम आयोजना गरी सम्मान गरिनेछ।

कान्स प्रिमियरको पूर्वसन्ध्यामा सञ्चारमन्त्री विक्रम तिमल्सिना विज्ञप्तिमार्फत फिल्मको टोलीलाई बधाई दिएका थिए।

कान्सको अन सर्टेन रिगार्ड विधामा जुरी प्राइज जितेको यो फिल्म अविनाशविक्रम शाहको लेखन तथा निर्देशनमा बनेको हो।

फिल्ममा जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा छ।

फिल्ममा मुख्य अभिनेत्री पुष्पा थिङ छिन्। उनीसहित दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डेलगायतले अभियन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad