सौन्दर्य प्रतियोगीता ‘मिस मिथिलानारी नेपाल २०२६’को आयोजना हुने भएको छ।
आयोजक थर्ड आई स्टुडियोज प्रालिले पत्रकार सम्मेलन गरेर ब्युटी पेजेन्टबारे जानकारी गराएको छ। मिस मिथिलानारी नेपाललाई ‘द ब्युटी अफ मिथिला’ नारा दिइएको छ।
मिथिला संस्कृति, परम्परा, भाषा, पहिचान तथा महिला सशक्तीकरण प्रवर्द्धनमा जोड दिइएको आयोजक संस्थाका प्रमुख हरिश जायसवालले बताए। यो ब्युटी पेजेन्टमात्र नभएर मिथिला क्षेत्रका नारीलाई सशक्तीकरणमा जोड दिने, मिथिला संस्कृतिको पहिचान गर्ने कुरामा जोड दिइने उनको भनाइ छ।
प्रतियोगीताको अडिसन फर्म खुलिसकेको जानकारी गराइएको छ। फर्म भर्न चाहनेहरूले ईसेवा एपमार्फत भर्न सक्नेछन्।
अडिसन जेठको १६ गते जनकपुर र त्यसपछि काठमाडौँमा हुने भएको छ। यसमा देशभरकैले सहभागिता जनाउन पाइने आयोजकले जनाएको छ।
Shares

प्रतिक्रिया