कला


दर्शकबाट राम्रो प्रतिक्रिया पाउँदै फिल्म ‘रोल नं १’

दर्शकबाट राम्रो प्रतिक्रिया पाउँदै फिल्म ‘रोल नं १’

नेपालखबर
जेठ १७, २०८३ आइतबार १२:५७, काठमाडौँ

गत शुक्रबारदेखि रिलिज भएको फिल्म ‘रोल नं १’ ले दर्शकबाट सकरात्मक प्रतिक्रिया पाइरहेको छ। फिल्मका निर्माता विनोद पौडेलले शुक्रबार र शनिबार सिनेमा हेर्ने दर्शकले फिल्म मन पराएपछि उनी गति लिनेमा ढुक्क छन्। 

सिनेमा हेर्ने दर्शकले चलचित्र राम्रो रहेको र हेर्नै पर्ने भन्दै सामाजिक सञ्जालमा लेख्न र बोल्न थालेपछि ‘अब रोल नं १’ले वर्ड अफ माउथ राम्रो पाउनेमा निर्माता पौडेल विश्वस्त सुनिए। 

‘पूर्ण बहादुरको सारङ्गी’ भन्दा राम्रो सिनेमा हेर्न नछुटाउनुस् है भन्नै स्टाटस आउन थालेपछि र सिनेमा हेर्ने बालबालिकाले आफू र आफ्ना अभिभावकले हेर्ने पर्ने भन्दै प्रतिक्रिया दिन थालेका छन्। यस्तै प्रतिक्रियाले ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक सिनेमा बनेको भन्दै निर्माता पौडेलले त्यही बाटो ‘रोल नं १’ले पनि समाउनेमा आशावादी देखिए।

स्कुले शिक्षा, त्यसको महत्व र अहिलेको मूल्यांकन विधिले बालबालिकामा परिरहेको असरको कथा र अभिभावकले दिने दबाब तथा त्यसको प्रभावलाई दशर्कले मन पराएको निर्माता पौडेलले बताए।

‘हामीले जुन उद्देश्य र अपेक्षा राखेका थियौँ, जसरी सिनेमा दर्शकले बुझ्नु हुनेछ भन्ने अपेक्षा राखेका थियौँ। हामी यसमा सफल भएका छौँ। दर्शकले दिएको प्रतिक्रियाले हामीलाई निकै उत्साहित बनाएको छ,’उनले भने।   

‘पूर्ण बहादुरको सारङ्गी’ चल्दा आएको प्रतिक्रियाको झल्को आफूले महसुस गरिरहेको  सुनाउँछन् उनी। 

दर्शकको प्रतिक्रिया बुझ्न मुख्य कलाकारहरू यतिबेला मोफसलका हलहरूमा पुगेका छन्। अभिनेता मुकुन भुसाल, सुशांक मैनाली र शंकर आचार्य झापाका विभिन्न सिनेमा हलमा पुगेर दर्शकलाई भेटिरहेका छन। झापाबाट सुरु भएको यो यात्रा देशका अन्य प्रमुख सहरहरूमा पनि जारी रहने निर्माण टिमले जनाएको छ। रेन नाथ योगी लगायतका कलाकारहरु पनि काठमाडौँ उपत्यकाका हल पुगेर दर्शक भेटिरहेका छन्।

जोन योञ्जनको निर्देशन रहेको फिल्म मुकुन, सुशांक, रेणुसहित एवन राज उप्रेती, सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रको बाल-कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन्। यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad