कला


मह जोडीलाई चैत्य देवी सिंह पुरस्कार

मह जोडीलाई चैत्य देवी सिंह पुरस्कार

नेपालखबर
असार २१, २०७७ आइतबार ११:४,

भुवन चैत्य बसुन्धरा फाउण्डेशनले नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा ६ दशक भन्दा बढी समय देखि कार्यरत विशिष्ट नृत्य निर्देशक भैरव बहादुर थापालाई हरिश भुवनचन्द पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

यसैगरी चैत्य देवी सिंह पुरस्कार ४ दशक भन्दा बढी समय देखि रंगमञ्च, चलचित्र तथा सामाजिक सेवामा सकृय रहेएका विशिष्ट हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य (महजोडी) लाई र चेतनारायण बसुन्धरा भूसाल पुरस्कार ५ दशक भन्दा बढी समय देखि रंगमञ्च तथा चलचित्रमा कार्यरत विशिष्ट अभिनेत्री सकुन्तला शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रत्येक पुरस्कारको रकम एकाउन्न हजार राशीको रहेको छ। फाउण्डेशनकी अध्यक्ष वरिष्ठ कलाकार बसुन्धरा भुसालकाे अध्यक्षतामा बसेकाे बैठकले साे निर्णय गरेकाे हाे।

अघिल्लो वर्षको तीनवटै पुरस्कार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषलाई एक लाख त्रिपन्न हजार प्रदान गरिएको फाउण्डेसनले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad