सुशान्तको आत्महत्याको विषयमा भएका पछिल्ला अनुसन्धानमा बलिउड भित्र लागुपदार्थ धन्दा व्याप्त भएको देखिएपछि कंगनाले यस विषयमा पनि चर्को स्वरमा आवाज उठाइरहेकी छिन्।
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सुशान्तको लागि लागुपदार्थ ओसार पसार गरेको देखिएको रियाको च्याटबाट खुलेको भारतको लागुपदार्थविरुद्धको संस्था एनसीबीले बताएको छ।
रियासहित हाल थुप्रैसँग बलिउडमा लागुऔषधको विषयमा अनुसन्धान भइरहेको छ। सो क्रममा चर्चित नायिकाहरु दीपिका पादुकोण, सारा खान र श्रद्धा कपुरपनि यस विषयमा मुछिएका छन्।
Repeat after me, depression is a consequence of drug abuse. So called high society rich star children who claim to be classy and have a good upbringing ask their manager ,” MAAL HAI KYA?” #boycottBollywoodDruggies #DeepikaPadukone https://t.co/o9OZ7dUsfG
— Kangana Ranaut (@KanganaTeam) September 21, 2020सुशान्तको मृत्यु भएपछि दीपिका पादुकोणले आफूपनि कुनै समय डिप्रेसनमा रहेको र डिप्रेसनले सुशान्तको मृत्यु भएको र यस्तो कसैलाई नहोस् भन्ने आशयको भनाइ सार्वजनिक गरेकी थिइन्।
बलिउडमा व्याप्त नातावात र क्रिपावादका कारण सुशान्तले काम नपाएपछि उनी डिप्रेसनमा गएको सुरुवातदेखि कंगनाले बताउँदै आएकी छिन्।
तर हालैमात्र टाइम्स नाउले दीपिका पादुकोण र उनका म्यानेजरबीच भएको लागुपदार्थसँग सम्बन्धित कुराकानी सार्वजनिक गर्यो। जसका कारण दीपिका पनि हाल अनुसन्धानको घेरामा छिन्।
यस विषयमा कंगनाले दीपिकालाई लक्षित गर्दै ट्वीटमा भनेकी छिन्,‘डिप्रेसन ड्रग्स दुरुपयोगको परिणाम हो। तथाकथित उच्च समाजका धनी स्टार बच्चाहरु जो आफूलाई उत्तम ठान्छन्, उनीहरु आफ्ना म्यानेजरसँग सोध्छन्,‘माल ‘ड्रग्स’ हे क्या?’ एजेन्सी

प्रतिक्रिया