कला


गायक रमेश प्रसाई र समाजसेवी नन्दाले कसे लगनगाँठो

गायक रमेश प्रसाई र समाजसेवी नन्दाले कसे लगनगाँठो

नेपालखबर
मंसिर २२, २०७७ सोमबार ११:१६,

चर्चित गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन्। रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन्।

तीन वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन्। धरानमा आयोजित बिवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीहरु सहभाग थिए। 

गायनसँगै कुनै विषयमा धाराप्रवाह बोल्न सक्ने रमेश विभिन्न व्यक्तिहरुको क्यारिकेचरसमेत गर्छन्। उनको स्वर ‘रिंकेबुङको राँगो’ को बोलको गीत अहिले टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर भाइरल भैरहेको छ।

एपीवान टेलिभिजनमा प्रसारित कार्यक्रम पब्लिक स्पिकरका विजेता रमेश प्रसाई, सामाजिक संजालमा समसामयिक विषयमा आफ्ना धारणा राखेर चर्चित बनेका थिए।

रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाउँदै आइरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad