कला


उखु किसानको आँसु नपुछे ‘सैँ पनि सरकारविरोधी, मैँ पनि सरकारविरोधी’ गाउने पंगेनीको चेतावनी

उखु किसानको आँसु नपुछे ‘सैँ पनि सरकारविरोधी, मैँ पनि सरकारविरोधी’ गाउने पंगेनीको चेतावनी

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ८:१७,

गायक बद्री पंगेनीले उखु किसानका आँसु पुछिदिन सरकारसँग माग गरेका छन्।

गतवर्ष पुस १८ गते उद्योग मन्त्रालय र उखु किसानबीच भएको ५ बुँदे सहमति कार्यान्वयनको माग गर्दै सर्लाही, रौतहटलगायतका जिल्लाका उखु किसान आइतबारदेखि माइतीघरमा विरोधमा उत्रिएका छन्।

गायक पंगेनी सोमबार माइतीघर पुगेर उखु किसानको प्रदर्शनमा सहभागी हुँदै ऐक्यवद्धता जनाएका थिए। उनले उखु किसानलाई साथ दिन माइतीघरबाटै सरकार र सर्वसाधरणलाई आग्रह सकेत गरेका थिए।

मंगलबार गायक पंगेनीले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा एक उखु किसानको रुँदै गरेको तस्बिर सेयर गर्दै किसानका आँसु पुछिदिन माग गरेका हुन्।

गत संसदीय निर्वाचनका बेला ‘सैँ पनि एमाले, मैँ पनि एमाले’बोलेको गीत गाएर थप चर्चामा आएका पंगेनीले सरकारले किसानका आँसु नपुछे आफूलाई ‘सैँ पनि सरकारविरोधी, मै पनि सरकारविरोधी’ भन्ने गीत गाउन आउने चेतावनी समेत दिएका छन्।

उनले पहिला माननता, राष्ट्रियता, न्याय समानता अनि बल्ल अरु कुरा आउने बताएका छन्।

‘उहाँको आँसु पुछेदेउ सरकार! होइन भने, सैँ पनि सरकार बिरोधी, मै पनि सरकार बिरोधी भन्ने गीत पनि गाउन आउँछ मलाई’, सामाजिक सञ्जाल ट्विटरमा गायक पंगेनीले लेखेका छन्, ‘पहिला मानवता, राष्ट्रियता, न्याय समानता अनि बल्ल... कुरा बुझ्नु भो?’

उखु किसानहरुले आफूसँग भएको सहमति एक वर्ष पूरा हुँदा समेत कार्यान्वयन नभएको भन्दै काठमाडौँ आएर प्रदर्शनकमा उत्रेका हुन्। श्रम पसिनाको मूल्य पाऊँ, किसान मार्न पाइँदैन भन्ने प्लेकार्डसहित उनीहरुले बक्यौता भुक्तानी माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले ‘म कृषक त बन्न सकिनँ तर म कृषकको साथमा छु’ भन्नेहरुबाट पनि समर्थन पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad