कला


मन पर्ने सेलिब्रेटी भेट्ने धोको पूरा गर्नखोज्दा फ्यानले गुमाए ६० लाख!

मन पर्ने सेलिब्रेटी भेट्ने धोको पूरा गर्नखोज्दा फ्यानले गुमाए ६० लाख!

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ९:२७,

मानिसले मनको रहर पूरा गर्न केसम्म गर्दैन? हरकुराको लागि तयार हुन्छन्। यसैको एक उदाहरण भारतमा भएको एउटा घटनालाई लिन सकिन्छ। एक व्यक्ति आफ्नो मन पर्ने सेलिब्रेटी भेट्ने रहर पूरा गर्न खोज्दा ठगिएका छन्।

एक जना व्यक्ति जसको परिचय खुलाइएको छैन, बलिउड हिरोइन काजल अग्रवालका डाइहार्ट फ्यान रहेछन्। उनको यही फाइदा केही व्यक्तिले उठाएका हुन्। धोखाधडी गर्नेहरुले ती फ्यानबाट ६० लाख ठगेको एक अनलाइनले जनाएको छ। समाचारअनुसार रामनाथपुरका ती फ्यानले काजलसँग प्रत्यक्ष भेट्न पाउने आशामा ती व्यक्तिलाई ६० लाख भारु बुझाएका थिए। सुरुमा ५० हजार भारु तिरेका उनले पटक पटक गरी ६० लाख भारु ती व्यक्तिलाई बुझाएको बताइएको छ।

यतिले मात्रै घटना टुंगिएन। उनीहरुले ती व्यक्तिलाई विभिन्न अब्सिन फोटोहरु अनलाइनमा लिक गरिदिने भन्दै डर देखाएका थिए। धेरैभन्दा धेरै पैसा असुलिन थालेपछि ती फ्यान डरले कोलकातामा लुकेर बसेका थिए। त्यसपछि उनले प्रहरीमा उजुरी दिएका थिए।

प्रहरीले अहिले एक निर्मातालाई जेलचलान गरेको छ। उनी श्रवणकुमार रहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad