कला


के–पपस्टार न्यान्सीले लुगा फेर्दै गरेको फोटो स्पाइक्यामेराबाट खिचिएपछि...

के–पपस्टार न्यान्सीले लुगा फेर्दै गरेको फोटो स्पाइक्यामेराबाट खिचिएपछि...

नेपालखबर
पुस २८, २०७७ मंगलबार १२:३१,

स्पाइक्यामेराबाट खिचिएको उक्त तस्बिरको विषयमा यतिबेला प्रहरीले अनुसन्धान थालेको छ।

थाहै नदिई लुगा फेर्दै गरेको फोटो खिचिएपछि रुष्ट बनेकी न्यान्सीले प्रहरीमा उजुरी दिएकी छिन्।

कार्यक्रमको दौरान लुगा फेर्दै गर्दा उनको तस्बिर खिचिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

यसकार्य गैराकानुनी र गोपनीयताको हक विपरित भएको न्यान्सीको भनाइ छ।

दक्षिण कोरियामा यसअघि होटलका कोठा, बाथरुम जस्ता गोपनीय क्षेत्रमा समेत स्पाइक्यामेराहरु फेला पारेका थिए।

यसबीचमा स्पाइक्यामेराबाट लुगा फेर्दै गरेको न्यान्सीको तस्बिर सामाजिक संजालमा भाइरल बनेपछि प्रहरीले तीव्र रुपमा अनुसन्धान थालेको छ।

प्रहरीले न्यान्सीकै सांगीतिक समूहको व्यवस्थापक भित्रकै मानिसले फोटो लिक गरेको आशंका गरेका छन्।

न्यान्सी मोमोल्यान्ड भन्ने सांगीतिक समूहको सदस्य हुन्। यस समूहको दर्जनौं चर्चित गीतहरु छन्।

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad