गायक सन्तोष कटुवाल र गायिका संगीता पौडेल पाण्डेको आवाजमा रहेको ‘चौबन्दी चोली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
युवा अवस्थामा रहेका प्रेमिल जोडीको प्रेमको भावलाई गीतमा समेटिएको छ।
सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत र विशन मानन्धरको एरेन्ज गीतमा रहेको छ।
दीपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ।
‘चौबन्दी चोली’ गीतको भिडियोमा सन्तोष कटुवाल र दीपिका लिम्बुको फिचरिङ भिडियोमा रहेको छ।
हेराैँ भिडियो

प्रतिक्रिया