चर्चित नायक पल शाह र नायिका कविता राय अभिनित म्युजिक भिडिओ ‘तिमी छौ र’ सार्वजनिक भएको छ।
कमल खत्री र अश्मिता अधिकारीको आवाज रहेको यस गीतमा शब्द संगीत पनि कमल खत्रीकै रहेको छ।
चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको यस गीतलाई हरि हुमागाईंले निर्देशन गरेका हुन्।
हाल छायाँकन भइरहेको चलचित्र ‘चोर र पुलिस’मा नायिकाको भूमिका निभाइरहेकी कविताले सिनेमाको छायाँकनमा ब्रेक लिएर यस म्युजिक भिडिओलाई समय दिएको र समयको राम्रो सदुपयोग भएको उनले बताइन्।
‘मैले सोचेभन्दा पनि राम्रो भिडिओ बन्यो, खुसी छु’, उनले भनिन्।
गीतले सार्वजनिक भएको छोटो समयमा युटुब र टिकटकमा राम्रै दर्शक श्रोताको साथ पाएको छ। गीतलाई खत्रीको आफिसियल युटुब च्यानल कमल खत्रीबाट सार्वजनिक गरिएको छ।
हेरौँ भिडियो

प्रतिक्रिया