कला


‘कान्छीको सम्झनामा’ मा एलिस र गीताको रोमान्स (भिडिओ)

‘कान्छीको सम्झनामा’ मा एलिस र गीताको रोमान्स (भिडिओ)

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ८:४६,

अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका युवा गायक प्रविन राजथलाले आफ्नो डेब्यु गीत ‘कान्छीको सम्झनामा’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

विदेशमा रहेर स्वदेशमा रहेकी आफ्नी प्रियशीलाई समर्पित गर्दै लेखिएको यस गीतमा स्वयम् गायक प्रविन राजथलाको शब्द, संगीत रहेको छ। यस गीतलाई जोयस गुरुङले संगीत संयोजन गरेका हुन्।

राजधानीको बसन्तपुर र अन्य रमणीय ठाउमा छायांकन गरिएको यस भिडिओमा एलिस राई र गीता ढुंगानाबीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेको यस भिडिओलाई अर्जुन खड्काले सम्पादन गरेका हुन्।

एलिजा महर्जन निर्मात्री रहेको यस भिडिओलाई सत्यराज चौलागाईको निर्देशनमा तयार पारिएको हो। गायक राजथलाको आधिकारिक च्यानल पीआर म्युजिक मार्फत भिडिओ सार्वजनिक भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad