कला


दोस्रो विवाह गरेकी गायिका अञ्जु पन्तले बनाइन् पतिसँग माया साटिरहेको टिकटक (हेर्नुहोस्)

दोस्रो विवाह गरेकी गायिका अञ्जु पन्तले बनाइन् पतिसँग माया साटिरहेको टिकटक (हेर्नुहोस्)

नेपालखबर
फागुन १३, २०७७ बिहिबार १०:४४,

दोस्रो विवाह गरेकी गायिका अञ्जु पन्तले पति थिर कोइरालासँग माया साटिरहेको टिकटक बनाएकी छन्।

आफैंले गाएको ‘धेरै माया नदेऊ मलाई’ बोलको गीतमा पतिकाे हातबाट खाना खुाइरहेको टिकटक बनाएकी हुन्।

टिकटक हेर्न यहाँ क्लिक गर्नुहोला।

anju thir11

गायिका पन्तले इलाम घर भएका कोइरालासँग बुधबार दुवै पक्षका परिवारका सदस्य र नजिकका सीमित आफन्तबीच पाटनस्थित चर्चमा विवाह गरेकी हुन्।

गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध-विच्छेद गरेकी थिइन्।

उनीहरूकी एक छोरी छन्- परितोषिका पन्त। उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बताइएको छ।

एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका अञ्जु र थिरबीच पहिलो भेट करिब ६ वर्षअघि भएको थियो। जतिबेला थिर नेपाल टेलिभिजनमा सर्वाङ्गीण संवाद’ कार्यक्रम चलाउँथे। त्यही कार्यक्रममा अञ्जु अतिथि बनेर जाँदा दुई जनाबीच चिनजान भएको थियो।

anju thir12

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad