गतवर्ष भएको अमेरिकन आइडलको १८औँ संस्करणको उपविजेता बन्न सफल दिवेश पोखरेल(अर्थन गन)ले नेपाली म्युजिक भिडियो कागबेनी सार्वजनिक गरेका छन।
अर्थर गनले बिहीबार आफ्नो यूटुयुब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन। गीतमा शब्द र स्वर उनकै छ।
डिभी परेपछि दिवेशका बुबा २००८ मै अमेरिका पुगेपनि उनले भने उच्च शिक्षा सम्मको अध्ययन नेपालमै सकेर २०१४ मा अमेरिका पुगेका थिए।
जहाँबाट उनको सांगितिक यात्रा सुरु भएको हो। उनले सन् २०१८ मा ‘ग्रहण’ नामक पहिलो एल्बम ल्याएका थिए। अर्कोवर्ष उनको ‘खोज’ नामको एल्बम सार्वजनिक भएको थियो।
गतवर्ष भएको अमेरिकन आइडलको १८औँ शृंखलादेखि दिवेशले जजहरुको मन जित्दै आएका थिए। सोहीकारण उनी उपविजेतासम्म पुगेँ।
भिडियो:
3
Shares

प्रतिक्रिया