पछिल्लो समय बलिउडमा पाकिस्तानी कलाकारलाई निषेध गरिएको छ। साथै, बलिउड कलाकारले पाकिस्तानमा आफ्नो फिल्म रिलिज गर्न र त्यहाँ स्टेज कार्यक्रम गर्न पनि बन्द गरेका थिए।
पछिल्लो समय चलिरहेको जम्बुकाश्मिर विवादमा यतिबेला बलिउड तथा पाकिस्तानी कलाकारहरुको विचार बाहिर आइरहेको छ। थुप्रै कलाकार विवादमा पनि परेका छन्।
यसैबीच गायक मिका सिंहको एउटा भिडियो भाइरल भएको छ। भारतीय संचार माध्यमका अनुसार उनी पाकिस्तानमा एक वैवाहिक समारोहमा प्रस्तुति दिन पुगेका थिए। अहिले यस विषयलाई लिएर भारतमा चर्को बहस चलिरहेको छ।
८ अगस्टमा भएको उक्त समारोहमा आईएसआईका शीर्ष अधिकारी र भारतका मोस्ट वान्टेड दाउद इब्राहिमको परिवारका सदस्य पनि सहभागी भएको भारतीय संचार माध्यमले जनाएका छन्। समाचारका अनुसार जनरल परवेज मुशर्फका आफन्त असदले आफ्नी छोरी सेलिनाको बिहेमा ‘मीका सिंह नाइट’ नामक सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो। जुन कार्यक्रम ‘डिफेन्स हाउस अथोरिटी’मा भएको थियो।
पाकिस्तानी मिडियालाई उद्धृत गर्दै भारतीय मिडिया लेख्छन्, ‘असद अहिले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग निकै नजिक छन्। उनी पाकिस्तानका होनहार उद्योगपति हुन्।’
ट्विटरमा भाइरल भएको मीका सिंहको भिडियोः
Happy that Indian singer Mika Singh performed at the mehndi of Gen Musharraf's relative recently in Karachi. God for bid if it was Nawaz Sharif's relative it would be raining ghadari k hashtag already. pic.twitter.com/IVfE5hETiz
— Naila Inayat नायला इनायत (@nailainayat) August 10, 2019

प्रतिक्रिया