गायिका अबुन पाण्डेको स्वरमा ‘प्रेम प्याला’ सार्वजनिक भएको छ। जहाँ शब्द तथा संगीत समेत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन्।
सार्वजनिक गीतको म्युजिक भिडिओमा भने विकास लामिछाने र पुजा गिरि देखिएका छन्। रोमान्टिक शैलीको गीतमा उनीहरुको जोडी सुन्दर देखिन्छ।
सुन्दर ठाउँ सुकुटेमा खिचिएको गीतको म्युजिक भिडिओलाई राजेश शाहले निर्देशन गरेका हुन्।
भिडिओमा अरुणा घिमिरेको मेक अप, शिवराम श्रेष्ठको छायांकन, ममता शाहको ड्रेस डिजाइन, रोहिया महर्जनको कोरियोग्राफी, प्रविन श्रेष्ठको कलर र निर्देशक शाहकै सम्पादन देख्न सकिन्छ।

प्रतिक्रिया