गीतकार दिप गिरीको शब्दमा रहेको ‘मन खाने माया’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
यस गीतमा नेपाल आइडल फेम्ड गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। विश्व अधिकारीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
हालै रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता २०७७ मा उत्कृष्ट संगीतकारको पुरस्कार विजेता शंकर थापा ‘स्माइल’ले यस गीतमा संगीत भरेका छन्।
म्युजिक भिडिओमा डिमोन क्षत्री, रोनी, सिर्जना जिसी र स्मृति श्रेष्ठको अभिनय देख्न सकिन्छ।
रोनीले कोरियोग्राफी गरेको यस भिडिओलाई फराज अर्पणले सम्पादन र छायांकन गरेका हुन्। सविता गिरी निर्मात्री रहेको यस भिडिओलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो। डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

प्रतिक्रिया