कला


गीत संगीतमा ५१ वटा विश्व किर्तिमानी कायम गर्दै डा. उपाध्याय

गीत संगीतमा ५१ वटा विश्व किर्तिमानी कायम गर्दै डा. उपाध्याय

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ९:४,

गीत संगीतबाट यसअघि विश्वका विभिन्न ३२ विधामा फरक फरक वर्ल्ड रेकर्ड बनाएका विश्व किर्तिमानी गीतकार एवम् साहित्यकार डिआर उपाध्यायले गीतसंगीतबाटै अरु १९ वटा विश्व रेकर्ड थप्दै छन्।

गीत संगीतमा गिनिज अफ वर्ल्ड रेकर्डसहित विश्वका महत्वपूर्ण रेकर्ड बनाएका उपाध्यायले यसपटक फेरि गिनिज बुक अफ वर्ल्ड रेकर्ड, अमेरिकन बुक रेकर्ड, बृटिस रेकर्डसहित थुप्रै विभिन्न १९ वटा वर्ल्ड रेकर्ड राख्न लागेका हुन्। नयाँ वर्षको अबसर पारेर आगामी ६ वैशाखमा काठमाडौंको रशियन कल्चरल सेन्टरमा एक कार्यक्रममा उनले थप १९ वटा विश्व रेकर्ड ग्रहण गर्ने भएका छन्।

सोमबार बोलुका काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै किर्तिमानी गीतकार उपाध्यायले अब १९ वटा फरक विधामा विश्व रेकर्ड थपेर ५१ वटा विधामा विश्व रेकर्ड कायम गर्न लागेको बताए।

अब उपाध्यायले १९ वटा वर्ल्ड रेकर्ड बनाएपछि गीतसंगीतबाट अहिलेसम्मकै सबैभन्दा बढी रेकर्ड राख्ने देश नेपाल पर्नेछ। यो रेकर्ड देशका लागि गीतकार डा. उपाध्यायले राख्दैछन्। आफूले विश्व रेकर्डमा नेपाल पनि गीतसंगीत र साहित्यमा कम छैन भनेर देशको खातिर संगीतबाट सबैभन्दा बढी विधामा वर्ल्ड रेकर्ड बनाउन लागेको बताए। गीतसंगीतमा ५१ वटा विश्व रेकर्ड एकै व्यक्तिको नाममा हालसम्म कसैको पनि छैन।

यसपटक गीतकार उपाध्यायले विश्वकै छोटो गीत, विश्वकै सबैभन्दा लामो गीत, विश्वका सबै देशका मुद्राहरु समेटेर तयार गरिएको गीत, विश्वका सबैभन्दा धेरै पर्यटकीय स्थलको नाम समेटेर तयार गरिएको गीत, सबैभन्दा बढी फूलहरुको नाम समेटेर तयार गरिएको गीत, सबै भन्दा बढी पटक आमा शब्द प्रयोग गरिएको गीत जस्ता विभिन्न १९ विधामा फरक फरक १९ वटा वर्ल्ड रेकर्ड राख्न लागेका हुन्।

डा. उपाध्यायलाई यो विश्व रेकर्डका लागि संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार सागर अधिकारी (सरद)ले सघाउँदै छन्। आफूले डा. उपाध्यायको विभिन्न किर्तिमानी गीतमा यसपटक संगीत गरेको संगीतकार सागरले पत्रकार भेटघाटका क्रममा जानकारी गराए।

जसका लागि आफू ६ महिनाबाट यही अभियानमा व्यस्त रहेको पनि उनले बताए। यस्तै अर्का संगीतकार सन्तोष श्रेष्ठले अबको १९ वटा कृतिमानी मध्य ७ वटा विश्व किर्तिमानी गीतहरुमा आफ्नो संगीत रहेको जानकारी गराए। डा. उपाध्यायको यो किर्तिमानी नेपालको लागि गौरवको कुरा भएको र विश्वकै लागि एउटा अनौठो किर्तिमानी भएको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad