अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको शब्द रहेको छ भने र बादल लिम्बुको संगीत छ। म्युजिक भिडिओ विल्सन विक्रम राई (तक्मे बुडा) र रजनी गुरुङ अभिनित छन्।
गीतमा प्रेमि र प्रेमिकाबीच प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडिओमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।
पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडिओलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडिओमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ।
किरण राईको छायांकन र सम्पादनमा भिडिओ तयार पारिएको हो। तक्मेबुडा डट कम मार्फत भिडिओ सार्वजनिक गरिएको हो।
3
Shares

प्रतिक्रिया