राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड ‘जलेर खरानी’ बोलको म्युजिक भिडिओ डिजिटल बजारमा सार्वजनिक भएको छ।
हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लिम्बुको रहेको छ। यस गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।
इजरायलमा छायांकन भएको यस गीतको भिडिओलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो। गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडिओ सार्वजनिक गरिएको हो।
यसअघि गायक लिम्बुले ‘बुझिदेउ’, ‘हाउ लुङ्ग्वा’, ‘मुस्कान’, ‘म पागल’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। म्युजिक भिडिआलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

प्रतिक्रिया