गतवर्ष अमेरिकन आइडलमा फर्स्ट रनरअप भएका उनी नयाँ सिजनको अमेरिकन आइडलमा पनि प्रतिस्पर्धीका रुपमा सहभागी भएका छन्।
गतवर्ष प्रतिस्पर्धामा दोस्रो भएको उनले यसपटक यो उपाधि जित्ने लक्ष्य लिएका छन्। दिवेशले आफ्नो फेसबुक पेजमा आफू अमेरिकन आइडलमा सहभागी भएको भन्दै भोट मागेका छन्।
उनलाई हामीले अमेरिकन आइडलको सेटमा आगामी सोमबार अर्थात् अप्रिल १९ मा देख्न पाउनेछौं।
उनले फेसबुकमा आफूलाई विजेता बनाउन र सक्दो भोट गर्न आग्रह गरेका छन्।
बिलबोर्ड वेबसाइटका अनुसार अमेरिकन आइडलले कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै उनीहरूलाई दोस्रो मौका दिने अभिप्रायले गत सिजनका दस जनालाई यो सिजनमा मौका दिने निर्णय गरेको हो।
You can vote in 3 ways. 10 times through each means. Text Arthur’s contestant number to 21523 Contestant number...
गत सिजनका दश जनामध्ये एक जना भोटको आधारमा यस सिजनको टप १० मा एकैपटक प्रवेश गर्नेछन्।
दिवेशसले गत संस्करणका प्रतिस्पर्धी फेथ बिकनेल, फ्रेंकलिन बुन, डिवायने क्रोकर, सिनिया एलिसे, एलिना जेस्टर, लुइस नाइट, निक मेरिको, माकाला फिलिप्स र ओलिभिया सिमाइनेससँग प्रतिस्पर्धा गर्नेछन्।
दिवेशले गत सिजनको विजेता जस्ट साम बराबर नै चर्चा पाएका थिए तर उनलाई कुनै पनि रेकर्ड लेबलले नलिएपछि मौका दिइएको हो।

प्रतिक्रिया