कला


नेपाल लाइफको मर्मस्पर्शी सचेतनामूलक भिडिओ सार्वजनिक

नेपाल लाइफको मर्मस्पर्शी सचेतनामूलक भिडिओ सार्वजनिक

नेपालखबर
जेठ १२, २०७८ बुधबार ८:०,

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडिओ सार्वजनिक गरेको छ।

कम्पनीले ‘सचेत बनौँ! कोरोनाविरुद्धको यो लडाइँ घरमै बसेर लडौँ’ भन्ने सन्देशसहितको सांगीतिक भिडिओ तयार पारेको हो।

यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ।

यो महामारीमा सबैको पीडा उस्तै उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडिओमा उल्लेख गरिएको छ।

आफू बाच्ने र अरुलाई पनि बचाउन हामी आफैँले सावधानी अपनाउन आग्रह गरिएको छ।

भोलिका दिनमा महामारीबाट मुक्त भई सामान्य अवस्थामा जनजीवन आएपछि फेरि पनि हामी रमाउँला भन्ने सन्देश उक्त भिडिओमा देखाइएको छ।

भिडिओको अन्त्यमा सचेत बनौँ, कोरोनाविरुद्धको यो लडाइँ घरमै बसेर लडौँ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ।

सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ट भिडिओ बनेको छ।

हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडिओमा न्याय दिन सफल भएको छ।

पुष्कर महतौँको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका छन्।

साथै सन्तोष दवाडीले सम्पादन गरेको भिडिओमा अल थ्री मिडिया घर, बागबजारको पोष्ट प्रोडक्सन रहेको छ।

उक्त भिडिओ पोष्ट प्रोडक्सन प्रमुख पदम तिमल्सिना रहेका छन्।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad