वैदेशिक रोजगारको क्रममा विभिन्न देशमा रहँदा हरेक प्रवासीले उतार चढाव भोग्छ नै। यस्तै दुःख सुखलाई समेटेर तयार पारिएको लघु चलचित्र ‘फर्की आउँला’को प्रोमो रिलिज भएको छ।
लोकप्रिय टेलिशृङ्खला हिजोआजका कुरामा लामो समय काम गरि पछिल्लो समय विभिन्न देशमा वैदेशिक रोजगारीमा बिताएका कलाकार रमेश अधिकारीको कथामा लघु चलचित्र ‘फर्की आउँला’ निर्माण गरिएको हो।
सामाजिक सञ्जालमा देखिने हाइफाइ विदेशी दृश्य भित्र लुकेका पीडा र परिस्थितिलाई कथामा समेटिएको निर्देशक तुला पर्वतले बताए।
म्यूजिक भिडिओको कुशल निर्देशन गर्दै आएका चर्चित निर्देशक तुला पर्वतले यस लघु चलचित्रमा विदेशमा देखिने विषयबस्तुलाई जस्ताको त्यस्तै आफूले पस्किएको बताए।
चिनियाँ विशेष प्रशासकीय क्षेत्र मकाउमा छायांकन गरिएको लघु चलचित्रमा रमेश अधिकारीसँगै श्रीराम पोखरेल, सागर अधिकारी, मोहन कुमार, सुरज अधिकारी, संगीता खनाल, सुनिता अधिकारी र प्रेम तामाङको अभिनय रहेको छ। जसको छायांकन र सम्पादन पनि निर्देशक तुला पर्वतले नै गरेका हुन्।

प्रतिक्रिया