कला


सिन्धुपाल्चोकका बाढीपीडितलाई कलाकारले सहयोग जुटाउँदै, करिश्माले दिइन् १ लाख

सिन्धुपाल्चोकका बाढीपीडितलाई कलाकारले सहयोग जुटाउँदै, करिश्माले दिइन् १ लाख

नेपालखबर
असार ६, २०७८ आइतबार ६:३७,

सिन्धुपाल्चोकका बाढीपीडितलाई अभिनेत्री करिश्मा मानन्धरले आर्थिक सहयोगको घोषणा गरेकी छन्। उनले बाढीपीडितहरुलाई आफ्नो तर्फबाट १ लाख रुपैयाँ सहयोगको घोषणा गरेकी हुन्।

कलाकारहरुले सिन्धु बाढीपीडितको सहयोगका लागि कृष्ण मल्लको संयोजकत्वमा काम गरिरहेको बताएका छन्।

'हिजो भएको मिटिङ अनुसार आदरणीय दाइ कृष्ण मल्लको संयोजनमा १० गते सबै कलाकारहरुको तर्फबाट आ-आफूले सक्ने सहयोग सम्बन्धित निकायलाई हस्तान्तरण गरिने निधो भयेकाले सम्पूर्ण कलाकार साथीहरूलाई यो जानकारी गराए', मानन्धरले सामाजिक संजालमा लेखेकी छन्, 'अहिले कोरोना महामारीको यो अवस्थामा यो नै सुरक्षित उपाय हो। साथै उठेको रकमले कमसेकम उहाँहरुलाई वर्षा को यो मौसममा ओत लाग्ने छानोको व्यवस्था हुन सकोस्। मेरो तर्फबाट रु १००००० उपलब्ध गराउने जानकारी गराउन चाहान्छु।'

मेलम्ची बाढीपीडितलाई आआफ्नो तर्फबाट कलाकारहरुले सहयोग गर्न लागेको उनले बताइन्। १० गते उक्त सहयोग सरकारी निकायमार्फत हस्तान्तरण गरिने मानन्धरले जानकारी दिइन्।

उनले सबैलाई सकेको सहयोग गर्न आग्रहसमेत गरेकी छन्। यस कलाकारहरु स्वास्थमन्त्री शेर बहादुर तामाङसहित बैठक बसेका थिए।

कलाकारहरुले सरकारी निकायमार्फत आफूहरुले पीडितलाई सहयोग हस्तान्तरण गर्ने बताएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad