नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कवयित्री कविता राई प्रथम भएकी छिन्।
उनको ‘देशको नक्सा’ कविता प्रतियोगितामा सर्वोत्कृष्ट भएको हो।
त्यस्तै धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ शीर्षकको कविता दोस्रो भयो भने तीनवटा कविताले तेस्रो स्थान हात पारे।
तेस्रो हुनेमा ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’, बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’ र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ छन्।
प्रतिष्ठानले महोत्सवमा सहभागी हुन कविहरुलाई आह्वान गरेको थियो।
यसअनुसार ४१ कविता छनोट भएका थिए। सोहीमध्ये उक्त कविताहरु उत्कृष्ट घोषित भएका हुन्।
पहिलो हुनेले स्वर्णपदकसहित नगद ५० हजार, दोस्रोले रजत पदकसहित ४० हजार र तेस्रो हुनेले कांस्य पदकसहित ३० हजार जितेका छन्।

Shares

प्रतिक्रिया