ad ad

कला


जब ब्रुस लीले समाउन् भनेर ज्याकी चानले चोट लागेको नाटक गरे

जब ब्रुस लीले समाउन् भनेर ज्याकी चानले चोट लागेको नाटक गरे

नेपालखबर
असोज ६, २०७६ सोमबार १०:४३,

मार्सल आर्ट्स शब्द सुन्नासाथ हामी बु्रस लीलाई सम्झन्छौं। तर उनको निधन ३२ वर्षको उमेरमै भएको थियो।

आज विश्वमा सोही मार्सल आर्ट्स विधाका सुपरस्टार भनेर हामी ज्याकी चानलाई सम्झन्छौं।

ब्रुस ली जब स्थापित कलाकार बनिसकेका थिए। ज्याकी चानले भर्खर आफ्नो कलाकारिता सुरुवात गर्दै थिए।

त्यसताका ब्रुस लीसँग काम गर्ने इच्छा स्टार कलाकारहरुको हुन्थ्यो। ज्याकी चानको पनि त्यो इच्छा थियो।

Image result for bruce lee and jackie chan together

जुन उनले सन् १९७३ मा रिलिज भएको चलचित्र ‘इन्टर द ड्रागन’मा पुरा गर्न पाए।

उक्त चलचित्रमा ज्याकी चानलाई केही सेकेन्डका लागि ब्रुस लीसँग देखाइएको छ।

Image result for bruce lee and jackie chan

त्यस चलचित्रमा ब्रुस ली खल पात्रसँग लडाइँ गरिरहेका हुन्छन्। ब्रुस लीले ज्याकीको कपाल पक्रिएर उनलाई लौरेले टाउकोमा हिर्काउने सिन हुन्छ।

सुटिङका क्रममा ब्रुस लीले लौरेले ज्याकिको टाउकामा हिर्काउँछन्। तर ज्याकी चानले साँच्चै दुखेको नाटक गर्छन्।

हालै ज्याकीले यो खुलासा गरेका हुन्। ‘ब्रुस लीले मलाई समाउन् भनेर मैले नाटक गरेको थिए।’ ज्याकी भन्छन्।

ज्याकीका अनुसार उनलाई ब्रुस लीजस्तै चर्चित मार्सल आर्ट्स कलाकार बन्ने इच्छा थियो।

आज ज्याकी चान विश्वभर चर्चित छन्। उनी ड्रंकन मास्टरका रुपमा परिचित छन्। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .