नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको बिहे आज (माघ २१ गते) हुँदै छ। गायिका शिवाना श्रेष्ठसँग उनको विवाह हुने भएको हो।
यसैबीच छोराको बिहेअघि कांग्रेस नेतृ आरजु राणा देउवा नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
सार्वजनिक भिडिओमा आरजु विभिन्न गीतमा ‘डान्स’ गरिरहेकी छन्।
आरजुले उक्त डान्स आफ्नो छोरा जयीवीरको बिहेको पूर्वसन्ध्यामा शुक्रबार राति काठमाडौँको सोल्टी होटलमा आयोजित कार्यक्रममा गरेकी हुन्।
उक्त सांगीतिक कार्यक्रममा देउवा पुत्र जयवीर पनि नाचेका थिए। यस कार्यक्रममा देउवा परिवारनिकटहरूलाई मात्र निमन्त्रणा गरिएको थियो।
हेर्नुहोस् सामाजिक सञ्जालमा भाइरल भिडिओ-
— Bipendra (@Bipendraa) February 4, 2024डा. आरजु देउवाको डान्स मन पर्यो 😎 pic.twitter.com/Cdn4BJco5I
789
Shares

प्रतिक्रिया